कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बारा-२ मा उपेन्द्र यादवको जित सुनिश्चित

लक्ष्मी साह

बारा — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जित सुनिश्चित भएको छ । निकटतम् प्रतिस्पर्धीसँगको मतान्तरभन्दा कम मत गन्न बाँकी भएसँगै यादवको जित सुनिश्चित भएको हो । 

बारा-२ मा उपेन्द्र यादवको जित सुनिश्चित

पछिल्लो मतपरिणामअनुसार यादवले २७ हजार ७ सय ५ मत प्राप्त गरेका छन् । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार १ सय ६७ मत प्राप्त गरेका छन् । यादव र कुशवाहाको बीचमा ४ हजार ५ सय ३८ मतको फरक रहेको छ भने अब १ हजार ४ सय ५० मात्र मत गन्न बाँकी रहेको छ ।

तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ९ हजार ७ सय ५६ मत ल्याउँदा रास्वपाका रमेश खरेलले २ हजार ८ सय २४ मात्र मत प्राप्त गरेका छन् । त्यस्तै आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३३ मत प्राप्त गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०८० ०१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×