कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बारा-२ : ४४ सय मत गन्न बाँकी, उपेन्द्र यादव करिब ३६ सयले अगाडि

लक्ष्मी साह

बारा — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको छ । महागढीमाई नगरपालिकामा उल्लेख्य मत ल्याई यादवसँगको मतान्तर घटाएका जनमत पार्टीका शिवचन्द्र कुशवाहा पुन: पछि पर्दै गएका छन् ।

बारा-२ : ४४ सय मत गन्न बाँकी, उपेन्द्र यादव करिब ३६ सयले अगाडि

अहिले पचरौता नगरपालिकाको मत गणना भइरहेको छ । मंगलबार दिउँसोसम्म ५ हजारभन्दा बढी मतले अघि रहेका यादव अहिले करिब ३ हजार ६ सय मतले अगाडि रहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार यादवले २६ हजार २ सय ९९ मत ल्याउँदा कुशवाहाले २२ हजार ६ सय ६० मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ८ हजार ८ सय ३२ मत प्राप्त गरेका छन् । पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने निकै पछि रहेका छन् । उनले २ हजार ८ सय ४ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ५ मत प्राप्त गरेका छन् ।

बारा-२ मा ६९ हजार १ सय ७ मत खसेको निर्वाचन आयोगले जनाएको छ । अब करिब ४ हजार ४ सय मात्र मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म ६४ हजार ७ सय ७ मत गणना भइसकेको छ ।

बारा-२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारमध्ये ४ जना यसअघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी-२, शिवचन्द्र प्रसाद कुशवाहा र अरुणकुमार ज्ञवाली बारा-२ बाट पराजित उम्मेदवार हुन् भने रमेश खरेल भने काठमाडौं-१ मा पराजित भएका थिए ।

कुशवाहा मंसिर ४ मा माओवादी केन्द्र र ज्ञवाली स्वतन्त्र उम्मेदवार बनेका थिए । खरेल भने नेपाल सुशासन पार्टीबाट उठेका थिए । उनी अहिले पनि उक्त पार्टीका अध्यक्ष हुन् ।

प्रकाशित : वैशाख १३, २०८० ००:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?