कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बारा-२ मा यादव ५ हजार १३ मतले अगाडि

बारा — बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५ हजार १३ मतान्तरसहित अगाडि रहेका छन् । जारी मतगणनाअनुसार यादवले मंगलबार अपराह्न ४ बजेसम्म १८ हजार ९६ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मत ल्याएका छन् । 

बारा-२ मा यादव ५ हजार १३ मतले अगाडि

एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार १६३ मत र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १ हजार ९९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म ४१ हजार ७६८ मतगणना गरिएको छ । जसमा ५३४ मत बदर भएको छ ।

बारा-२ मा आइतबार सम्पन्न मतदानमा ६९ हजार १०७ मत खसेको छ ।


प्रकाशित : वैशाख १२, २०८० १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?