कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
उपनिर्वाचन

रवि लामिछानेले कटाए ५० हजार मत

रमेशकुमार पौडेल

चितवन — चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । कुल ७८ हजार २७७ मत खसेको चितवन–२ मा ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५० हजार ७९ मत ल्याएका छन् ।

रवि लामिछानेले कटाए ५० हजार मत

नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ९ हजार १६५ मत आएको छ । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले आठ हजार ८७७ मत ल्याएका छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढाएका छन् ।

प्रकाशित : वैशाख १२, २०८० ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×