कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
उपनिर्वाचन

बारामा उपेन्द्रको १२,८४८ मत, शिवचन्द्र ४,३६० मतले पछि

बारा — बारा निर्वाचन क्षेत्र नम्बर - २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । निकतटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ४ हजार ३६० मतान्तरले पछि पारेका छन् ।

बारामा उपेन्द्रको १२,८४८ मत, शिवचन्द्र ४,३६० मतले पछि

मंगलबार बिहान ११ बजेसम्मको मत गणनाअनुसार यादवले १२ हजार ८४८मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका कुशवाहाले ८ हजार ४८८ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ५१६ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १ हजार १७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित : वैशाख १२, २०८० ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×