कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चितवन-२ मा लामिछानेलाई ३२ हजार ६१२ मतको अग्रता

रमेशकुमार पौडेल

चितवन — चितवन-२ मा भएको उपनिर्वाचनमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अगाडि छन् ।

चितवन-२ मा लामिछानेलाई ३२ हजार ६१२ मतको अग्रता

अब कालिका नगरपालिकाको २१ हजार ७८१ मत गणना गर्न बाँकी रहँदा लामिछाने निकटतम प्रतिस्पर्धी उम्मेदवार जीतनारायण श्रेष्ठभन्दा ३२ हजार ६१२ मतान्तरले अगाडि छन् ।

हालसम्म लामिछानेले ४० हजार ६९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ४५७ मत ल्याएका छन् । तेस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जीवलाल पुरीले २८३ मत ल्याएका छन् ।

प्रकाशित : वैशाख १२, २०८० ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×