कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
उपनिर्वाचन

चितवन-२ को मतगणना सुरु

रमेशकुमार पौडेल

काठमाडौँ — चितवन-२ को मतगणना सोमबार दिउँसोबाट सुरू भएको छ । चितवन-२ मा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन् ।

चितवन-२ को मतगणना सुरु

हिजो आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।

यससँगै तनहुँ-१ मा भने मतगणना भइरहेको छ । त्यहाँ रास्वपाका स्वर्णिम वाग्लेले कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनालसहितका उम्मेदवारलाई उछिन्दै अग्रता कायम गरिरहेका छन् ।

यस्तै, बारा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम अनुसार जसपाका उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् । जनमतका शिवचन्द्र कुशवाहले १७० मत प्राप्त गरेका छन् भने एमालेका पुरुषोत्तम पौडेलले १६६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : वैशाख ११, २०८० १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×