कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६
उपनिर्वाचन

तनहुँ-१ : रास्वपाका वाग्लेको अग्रता कायमै

हालसम्मको मतपरिणाम अनुसार कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालको मत जोड्दा पनि रास्वपाका स्वर्णिम वाग्लेको जति पुगेको छैन ।

काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले हालसम्म ५०१९ मत ल्याउँदै अगाडि छन् ।

तनहुँ-१ : रास्वपाका वाग्लेको अग्रता कायमै

निर्वाचन आयोगका अनुसार आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९२४६ मतगणना हुँदा रास्वपाका वाग्ले अगाडि छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत प्राप्त गरेका छन् । तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत धेरै छ ।

Made with Flourish

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।

२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा करिब ५२ प्रतिशत मत खसेको छ । विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ-१ को उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित : वैशाख ११, २०८० ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×