कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

झापा आन्दोलनका नेता नरेश खरेलले एमाले छाडे

पर्वत पाेर्तेल

झापा — नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहितका नेता तथा कार्यकर्ताले सोमबार एमाले परित्यागको घोषणा गरेका छन् । खरेल एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट नेता हुन् । 

झापा आन्दोलनका नेता नरेश खरेलले एमाले छाडे

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेललगायतका १० जनाले एकै पटक एमाले छाडेको घोषणा गरेका हुन् । यसअघि हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी एमाले छाडेर नेकपा समाजवादीमा प्रवेश गरेका थिए ।

पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक किसिमका अपमान तिरस्कारको सामना गर्नु परेको भन्दै ती नेता तथा कार्यकर्ताले एमाले छाडेको जनाएका छन् । घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गरेपछि खरेल उनीसँगको संवादमा थिए ।

'१० बुँदे' पक्षधर झापाका अन्य नेता तथा कार्यकर्ताहरु पनि नेकपा एसमा प्रवेशको तयारीमा रहेको बुझिएको छ । एमालेभित्र असन्तुष्ट धेरैले पार्टी छाड्दैछन्', नेकपा एसका एक केन्द्रीय नेताले भने । खरेल पत्नी पवित्रा खरेल भने विदेशमा रहेकाले उनले एमाले छाडेकी छैनन् । खरेल हाल एमाले सल्लाहकार परिषद् सदस्य थिए ।

नेकपा एसका नेता मुकुन्द न्यौपानेले नेकपा एस छोडेर एमालेमा फर्किन लागेका बेला अर्का नेता खरेल भने एमाले छोडेर नेकपा एसमा प्रवेश गर्न लागेका हुन् ।

प्रकाशित : चैत्र २७, २०७९ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×