कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गर्न आयोगको निर्देशन

काठमाडौँ — निर्वाचन आयोगले वैशाख १० गते हुने निर्वाचनको आचारसंहिताको सूक्ष्म निगरानी गरी प्रभावकारी कार्यान्वयन गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहीबारको बैठकले यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गर्न आयोगको निर्देशन

आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न/गराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयलाई पनि निर्देशन दिएको छ ।

'उम्मेदवारले खर्च गर्न पाउने अधिकतम खर्चको हद तोकिसकिएको हुँदा सो हदभित्र रही खर्च गरे नगरेको समेतका विषयमा सूक्ष्म निगरानी गरी सोको रिपोर्टिङ आवश्यकताअनुसार लिखित एवं मौखिक रुपमा आयोगलाई जानकारी गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ‚’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद सिलवालले जारी गरेको विज्ञप्तिमा छ ।

आयोले निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाई सोसम्बन्धी प्रमाण समेत संलग्न गरी आयोग, केन्द्रीय आचारसंहिता अनुगमन समिति, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष उजुरी दिन सबै सरोकारवालालाई आह्वान गरेको छ ।

यसैगरी आयोगले सामाजिक सञ्जालको उपयोगको विषयमा विशेष सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । 'निर्वाचनलाई प्रभाव पार्ने गरी गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह नगर्न, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लान्छाना लगाउने, मानहानी हुने वा यस्तै किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न/नगराउन तथा यस्ता सामग्रीमा सेयर, लाइक वा कमेन्ट गर्नेजस्ता कार्यसमेत नगर्न/नगराउन स्वदेश तथा विदेशमा रहेका सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत आह्वान गर्ने निर्णय गरेको छ‚’ विज्ञप्तिमा छ ।

प्रकाशित : चैत्र २३, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×