प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको हो । प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका हुन् ।

प्रकाशित : चैत्र १९, २०७९ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : मन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।

आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरु सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन बताए ।

‘उहाँहरु हामी जाने क्रममा छौं । हामी विश्वस्त भएर जाँदैछौं । धेरैले आजै बेलुका जान्छौं होला भन्नुभएको छ । सहमति कार्यान्वयन हुन्छ उहाँहरु ढुक्क हुनुहुन्छ । पहिला कार्यान्वयन नभएका कारणले वा समस्या भएको कारणले नै हामीले गम्भीरतापूर्वक लिएर यसलाई कार्यान्वयनमा लैजाने कुरा गरेका हौं । त्यसकारणले अब कार्यान्वयन हुन्छ । आयोग बनाउने कानुनको प्रक्रिया अगाडि बढिसकेको छ । आयोग बनाउने प्रक्रिया हुन्छ तुरुन्तै प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगिसकेको छ ।’

पीडितहरु पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनीहरुले आफूहरुले न्याय पाउनेमा विश्वास व्यक्त गरे । उनीहरुले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए ।

प्रकाशित : चैत्र १९, २०७९ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×