म गृहमन्त्री बन्ने कुनै निर्णय भएको छैन : मन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले सम्हालिरहेको मन्त्रालय परिवर्तन गरेर आफू गृहमन्त्री बन्नेबारे कुनै निर्णय नभएको बताएका छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने अडानमा रहेपछि श्रेष्ठको मन्त्रालय हेरफेर हुने बताइएको छ । मन्त्री श्रेष्ठले भने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनको प्रतीक्षामा रहेको बताएका छन् ।

‘गृहमन्त्रीका सम्बन्धमा के गर्ने भन्नेबारे मैले निर्णय गर्ने छैन, पार्टीको सिफारिस र प्रधानमन्त्रीको निर्देशनअनुसार काम गर्ने हो,’ सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अहिले सरकारको मुख्य काम जुन छ,त्यसलाई प्रभावकारी रुपमा सम्पादन गर्न प्रधामन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ भन्ने लाग्छ, त्यो निर्देशनको प्रतिक्षामा छु ।’

प्रधानमन्त्रीले दिएको निर्देशन पालना गर्न आफू तयार रहेको बताउँदै उनले गृहमन्त्रीका सम्बन्धमा कुनै निर्णय भइनसकेको स्पष्ट पारे । केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि उनले बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

वाईफाई नेपालको इन्टरनेट सेवा विराटनगरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — वाईफाई नेपाल प्रा.लि. ले कोशी प्रदेश अन्तर्गत मोरङ जिल्लाको विराटनगरमा आफ्नो सेवा विस्तार गरेको छ । काठमाडौं र पोखरा उपत्यकाका साथै सुनसरी जिल्लाको इटहरी तथा धरानमा सेवा सञ्चालन गरिरहेको यस इन्टरनेट सेवा प्रदायकले थप क्षेत्रहरु समेट्दै गएको हो ।

छिटो, सस्तो तथा भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदान गरिँदै आएको कम्पनीको दाबी छ । घरायसी तथा व्यापारिक ग्राहकका आवश्यकतालाई मध्यनजर गर्दै थुप्रै अफर तथा इन्टरनेटका प्याकेजहरु ल्याइएको वाईफाई नेपालले जनाएको छ । अहिले ५० एमबीपीएस स्पिडमा इन्टरनेट शुल्क प्रतिमहिना ३३३ रुपैयाँ तथा ८० एमबीपीएस स्पिडमा ५ सय रुपैयाँ लाग्ने वाईफाई नेपालका सीईओ सत्रुधन पजिंयारले बताए ।


प्रकाशित : चैत्र १३, २०७९ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×