राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ,'राष्ट्रपति पौडेलले भने, 'जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतीका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनीहरुबीच छलफल भएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×