धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक, ८ मन्त्रालयमा दाबी रहेको ब्रिफिङ
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा छलफल भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराही शनिबार साँझ बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले मन्त्रालयको भागबन्डामा कांग्रेसले पाउने मन्त्रालयको संख्या टुंगो लागि नसकेको जानकारी गराएका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक, ८ मन्त्रालयमा दाबी रहेको ब्रिफिङ](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/congress-0192022122959-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
बैठकमा खड्काले पार्टीबाट ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै दिन सकिने कुरा आएको बिफ्रिङ गरेको कांग्रेस एक पदाधिकारीले बताए । प्रधानमन्त्री दाहालले सरकारमा १० राजनीतिक दललाई संलग्न गराउन खोजेका छन् । गठबन्धनमा ८७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ ।
बैठकमा कांग्रेसको प्रतिनिधिसभाका प्रमुख सचेत रमेश लेखकले संसदीय गतिविधिको बारेमा जानकारी गराएका थिए ।
शनिबारको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको एक नेताले बताए ।
'पर्सि उपचुनावका लागि उम्मेदवार टुंगो लगाउने र सिट बाँडफाँट गरेर चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको छ,' पार्टी प्रवक्ता प्रकाशशरण महतले भने, 'संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ ।'
वैशाख १० मा प्रतिनिधसभाका बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)