कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ववियु निर्वाचन : आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीले लगाए ताला

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि विद्यार्थीहरूले क्याम्पसमा ताला लगाएका छन् ।

स्ववियु निर्वाचन : आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीले लगाए ताला

विद्यार्थीले आइतबार बेलुका निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन् । स्ववियु सभापति उम्मेदवार गौरव पन्थ र सुनिल मिश्रउपर दाबी विरोधमा क्याम्पसको तर्फबाट कुनै सुनुवाइ नभएको भन्दै नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुवै जनाविरुद्ध उजुरी दिएका थिए ।

वीआईसीटीको ९औं सेमेस्टरमा अध्यानरत विद्यार्थी स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थ बीए प्रथम वर्षमा भर्ना भएको भनी प्रकाशित गरिएको र व्यास–१३ (पहाडमा) घर भएकालाई मधेसी भनेर वर्गीकरण गरी भर्ना गरिएकाले भर्ना रोक्का गराउने र उम्मेदवारी खारेज गराउने मागसहित दाबी विरोध गरेको उजुरीमा उल्लेख छ ।

यस्तै, स्ववियु सभापतिका उम्मेदवार सुनिल मिश्रका प्रस्तावक अरुकै समर्थक बसिसकेका कारण दाबी परेको उजुरीमा उल्लेख छ ।

यस्तै, दाबीविरोधउपर छानबिन गरी उम्मेदवारको नामावाली प्रकाशित गर्ने अन्तिम समय फागुन २८ गते (आज) ५ बजेसम्म तय भएकोमा उक्त समयावधि थप गरी फागुन २९ गते (भोलि) ११ बजेसम्म प्रकाशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?