कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सांसद प्रकाश ज्वालाको माग- 'सिंहदरबारभित्र सर्वसाधारणलाई सहजै छिर्न दिइयोस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् ।

सांसद प्रकाश ज्वालाको माग- 'सिंहदरबारभित्र सर्वसाधारणलाई सहजै छिर्न दिइयोस्'

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ज्वालाले यस्तो माग गरेका हुन् । उनले सांसदहरु र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणहरुलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरेका थिए ।

‘हामीले संहदरबारको दक्षिण गेट हेर्नसक्छौँ, हामी सांसदहरु, मन्त्रीहरु त्यहीँबाट ओहोरदोहोर गर्छौं, जनताहरु बाहिर हुन्छन्, चिनेजानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरु सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । जनतालाई प्रताडित गर्नु हुँदैन । सभामुखले आजै रुलिङ गर्नुपर्छ कि सिंहदरबार भित्र जनतालाई सहज प्रवेश गर्ने वातावरण हुनुपर्छ,’ सांसद ज्वालाले भने ।

प्रकाशित : फाल्गुन १२, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×