कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कान्तिपुरकर्मी दाहाल र आईएनएसकर्मी वाग्लेलाई इन्जा खोजी पत्रकारिता पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरकर्मी मातृका दाहाल र आईएनएस डट कमकी तारा वाग्लेलाई प्रदान गर्ने निर्णय भएको छ ।

कान्तिपुरकर्मी दाहाल र आईएनएसकर्मी वाग्लेलाई इन्जा खोजी पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई दिने निर्णय गरेको इन्जाका सचिव दीपक रिजालले जानकारी दिए ।

२०६४ सालदेखि पत्रकारिता गर्दै आएका दाहाल कान्तिपुर दैनिकमा सुशासन, सार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा रिपोर्टिङ गर्छन् ।

यसअघि दाहालले नागरिक दैनिक, कारोबार दैनिक, दिव्यदर्शन राष्ट्रिय साप्ताहिक र रहस्य राष्ट्रिय साप्ताहिकमा काम गरिसकेका छन् ।

पत्रकार वाग्ले १५ वर्षदेखि पत्रकारितामा संलग्न रहँदै आएकी छन् । यसअघि इन्जाले फोटोतर्फ नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठलाई इन्जा फोटो पत्रकारिता पुरस्कार दिने निर्णय गरिसकेको छ । यसैगरी वौद्धिक अनुसन्धानवृत्ती पुरस्कार संचार क्षेत्रमा लामो समयदेखि कार्यरत २ जना पत्रकार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधि गरिरहेका नेपाल र आम सञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय (एमफील) गरिरहेका छन् ।

पुरस्कारका लागि छनोट भएका सबैलाई इन्जा स्थापना दिवसको अवसरमा फागुन १७ मा काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिने भएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×