कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

सेनाको पृतनापति समन्वयात्मक बैठक सकियो

कान्तिपुर संवाददाता

काठमाडौँ — सैनिक मुख्यालय जंगी अड्डामा नेपाली सेनाको दुईदिने पृतनापति समन्वयात्मक बैठक सोमबार सम्पन्न भएको छ ।

सेनाको पृतनापति समन्वयात्मक बैठक सकियो

उक्त बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेसनल अवस्था लगायत विषयमा गरिएका कामबारे पृतनापतिहरूले प्रधान सेनापति प्रभुराम शर्मासमक्ष जानकारी गराएका थिए । सेनाले गत भदौमा कमाण्ड सेनापति समन्वयात्मक बैठक गरेको थियो । त्यसयता भएका प्रगतिका सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।

बैठक समापनको अवसरमा सहभागीहरुलाई प्रधान सेनापति शर्माले सम्बोधन गरेका थिए । यस बैठकले वर्तमान परिस्थितिमा आइपर्न सक्ने चुनौतीहरुको पहिचान गरी त्यसको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुग्ने सेनापति शर्माले बताएका थिए ।

आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यो बैठक सहयोगी हुने पनि प्रधानसेनापति शर्माको भनाइ छ । उनले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिएका थिए ।

प्रधान सेनापति शर्माले अनुशासन तथा जवाफदेहिताको महत्त्वबारे सहभागीहरुलाई स्मरण गराए । साथै, सम्बद्ध निकायहरुसँग प्रभावकारी समन्वय राख्दै प्राप्त सबै जिम्मेवारी स्तरीय ढंगले निर्धारित समयमा पूरा गर्न शर्माले निर्देशन दिएको सेनाले जनाएको छ ।


प्रकाशित : फाल्गुन १, २०७९ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×