कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सुरक्षा खतरा न्यूनीकरण गर्न सेना तयार रहनु पर्छ : रक्षामन्त्री उप्रेती

काठमाडौँ — रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बाह्य र आन्तरिक सुरक्षा खतराहरुलाई न्यूनीकरण गर्न नेपाली सेना तयार रहनु पर्ने बताएका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार सुरु भएको ‘पृतनापति समन्वयात्मक बैठक-२०७९’ मा रक्षामन्त्री उप्रेतीले राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई अस्थिरताको भूमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौतीको रुपमा रहेको बताए ।

सुरक्षा खतरा न्यूनीकरण गर्न सेना तयार रहनु पर्छ : रक्षामन्त्री उप्रेती

उनले बाह्य र आन्तरिक दुवै सुरक्षा खतराहरुलाई सुक्ष्म विश्लेषण र मूल्यांकन गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनु पर्ने पनि बताए ।

प्रकाशित : माघ २९, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×