कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

‘एरो इन्डिया-२०२३’ मा सहभागी हुन रक्षामन्त्री उप्रेती बैंग्लोरतर्फ

काठमाडौँ — रक्षामन्त्री हरि उप्रेती आइतबार बिहान बैंग्लोरतर्फ प्रस्थान गरेका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणामा भारतको बैंग्लोर सहरमा हुन लागेको ‘एरो इन्डिया-२०२३’ मा सहभागी हुन रक्षामन्त्री उप्रेती बैंग्लोर प्रस्थान गरेका हुन् ।

‘एरो इन्डिया-२०२३’ मा सहभागी हुन रक्षामन्त्री उप्रेती बैंग्लोरतर्फ

रक्षा मन्त्रालय स्रोतका अनुसार उक्त कार्यक्रम सोमबारदेखि सुरु हुनेछ । जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहभागिता जनाउनेछन् ।

भारतीय सेनाको एयर फोर्स रहेको स्थानमा हुन लागेको उक्त कार्यक्रममा नेपाली रक्षामन्त्री उप्रेतीले भारतले निर्माण गरेका सैन्य हातहतियारहरुको अवलोकन गर्नेछन् । उप्रेती फागुन ५ मा फर्किने कार्यक्रम छ । उनी बैंग्लोरबाट दिल्ली जानेछन् र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ ।

भ्रमणका दौरान उनले भारता रक्षामन्त्री सिंहसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । छिमेकीहरूसहित अन्य मुलुकका मन्त्री तथा प्रतिनिधिहरुलाई बोलाइएको उक्त कार्यक्रममा नेपाललाई पनि सहभागिताका लागि आमन्त्रण आएको थियो । त्यहीअनुसार नेपाल सरकारले निर्णयअनुसार उक्त कार्यक्रममा रक्षामन्त्री उप्रेती गएका हुन् ।

रक्षामन्त्री उप्रेतीसहित नेपाली टोलीमा बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि छन् । भारतले आयोजना गरेको यो १४ औं ‘एरो इन्डिया’ हो । भारतले पछिल्लो समय सैन्य हातहतियारमा समेत ‘मेक इन इन्डिया’ लाई जोड दिइरहेको छ ।

प्रकाशित : माघ २९, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×