कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सत्ता गठबन्धनमा खटपट सुरु भइसक्यो : कांग्रेस प्रवक्ता महत

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको बताएका छन् । उनले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने र कांग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी गरे ।
सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्‍याइएको दाबी गरे ।

सत्ता गठबन्धनमा खटपट सुरु भइसक्यो : कांग्रेस प्रवक्ता महत

‘यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पुर्‍याइएको छ,’ उनले भने, ‘तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’

उनले शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव रहेको बताए । ‘हामी ढिलो चाँडो फेरि सत्तामा आउनेछौं, विपक्षमा हुँदा पनि हामी सत्तामा भएको दललाई विकास र जनताको सेवामा केन्द्रित हुन खबरदारी गरिरहनेछौं,’ प्रवक्ता महतले भने ।

उनले नुवाकोटको आर्थिक वृद्धि र विकासको सम्भावनाको चर्चा गरे । ‘हाम्रो जिल्ला रसुवागढी नाकाको नजिक छ । सो नाका जोड्ने सडक निर्माणमात्रै भए पनि हामी व्यापारिक क्षेत्रको रुपमा विकास गर्न सक्छौं,’ उनले भने ।

सातौं नुवाकोट महोत्सव शुक्रबारबाट सुरु भएको हो । विदुर नगरपालिका-५, पिपलटारमा एक समारोहबीच नेपाली कांग्रेसका नेता तथा संघीय सांसद् अर्जुननरसिंह केसीले महोत्सव उद्घाटन गरेका थिए ।

महोत्सवमा विभिन्न झाँकी, नाच, भजन, भेषभुषा प्रदर्शन गरिएको थियो । मगरको घाटुनाच, किम्ताङको घोडानाच, तामाङको झाँक्रीनाच, नेवारको धिमे बाजा, लाखे नाच, कुमालको भेषभुषा, बाघभैरव समूहको भजन प्रस्तुत गरिएको थियो । महोत्सव आउँदो फागुन १० गतेसम्म चल्ने छ ।

प्रकाशित : माघ २८, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×