कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

यतीको विमान दुर्घटना : प्रारम्भिक कारण ‘इन्जिन ब्लेड सिधा हुनु’

सुरज कुँवर

काठमाडौँ — माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको छ ।

यतीको विमान दुर्घटना : प्रारम्भिक कारण ‘इन्जिन ब्लेड सिधा हुनु’

फाइनल टर्न गर्नुअघि नै 'बेसलेग'मा फेदर भइसकेको अनुसन्धानमा देखिएको छ । सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा गत साता गरिएको फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसनधान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको उल्लेख छ ।

एक प्रशिक्षक पाइलटका अनुसार एटीआर–७२ विमानको एउटा इन्जिनमा ६ र अर्को इन्जिनमा ६ वटा प्रोपेलर (ब्लेड) हुन्छन् । जहाजलाई उडाउँदा पाइलटले बल दिई अघि बढ्न प्रोपेलरको ब्लेड ककपिटमा रहने लिभरको सहायताले आवश्यकता अनुसार छड्के बनाउँछन् ।

‘जहाज उडान ब्लेडलाई कुनै निश्चित डिग्रीसम्म हामीले उडानमा छड्के बनाइरहेका हुन्छौं । यसो गर्दा जहाजमा ड्र्याग र थ्रस्ट पावर उत्पन्न हुन्छ । तर फेदर मोडमा हुनु भनेको जहाजको एरोडाइनामिक मुभमेन्ट नहुनु हो । अर्थात् इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था हो,’ एटीआर विमानका ती पाइलटले भने ।

एटीआर पाइलटका अनुसार एटीआरको एउटा इन्जिनको प्रोपेलर फेदर हुनसक्छ तर दुबै फेदर मोडमा गएको यो बिरलै घटना हो । 'उडिरहेको विमानका प्रोपेलर फेदरमा जाने दुईवटा मात्रै कारण हुन सक्छन् । कि त ककपिटमा पाइलटले लिभर डाउन गर्दा हुन्छ वा नभए अनुसन्धानको विषय हो,' उनले भने ।

दुर्घटना जाँच आयोगले जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी प्राविधिक र मानवीय पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ ।



प्रकाशित : माघ २३, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×