कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

'क्यान' लाई कांग्रेस महामन्त्री शर्माको प्रश्न- ‘खेलको नियम मान्नेले न्यायको नियम मान्नुपर्दैन ?’

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा सरकारको मौनताबारे प्रश्न उठाएका छन् । उनले यो प्रकरणमा खेलकुदमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको मौनताले जिम्मेवारीपूर्ण जवाफ नदिएको बताए ।

'क्यान' लाई कांग्रेस महामन्त्री शर्माको प्रश्न- ‘खेलको नियम मान्नेले न्यायको नियम मान्नुपर्दैन ?’

महामन्त्री शर्माले क्यानका अध्यक्षलाई समेत आफूले टेलिफोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्छ या पर्दैन भनेर प्रश्न गरेको उल्लेख गरेका छन् ।

'क्यानका अध्यक्षलाई फोनमा सोधें- खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?,' शर्माले ट्वीटमार्फत भनेका छन्, 'अहिले खेलकुद मन्त्री पनि प्रधानमन्त्री दाहाल नै हुनुहुन्छ । ध्यानाकर्षण गराउँदछु- कि सही भएको छ भने बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´अदालत कुरौं, हतारको गल्ती सच्याउँ भन्नोस् ! तर मौनता जिम्मेवार जवाफ हुन्न ।'

प्रकाशित : माघ २०, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?