कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

नेपाल र पाकिस्तानबीच संसदीय सहकार्य गर्नेबारे छलफल

काठमाडौँ — नेपाल र पाकिस्तानबीच दुई मुलुकका संसदीय सहकार्यबारे छलफल भएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तान सरकारको कानुन र न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच बुधबार इस्लामावादमा भेटवार्ता भएको हो ।

नेपाल र पाकिस्तानबीच संसदीय सहकार्य गर्नेबारे छलफल

भेटमा संसदीय सहकार्य गर्नेबारे छलफल भएको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ । उक्त भेटमा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुमधुर बनाउने उपायबारे छलफल भएको पनि उल्लेख छ ।

प्रकाशित : माघ ११, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×