२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आगलागीबाट गोरखाको प्राचीन पुङ्चे हिनाङ गुम्बामा पूर्ण क्षति

३० करोड रुपैयाँबराबरको क्षति भएको अनुमान
हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–२ ल्होको प्राचीन पुङ्चे हिनाङ गुम्बा आगोलागीबाट पूर्ण रूपमा क्षति भएको छ । मंगलबार दिउँसो करिब चार बजेतिर लागेको आगो राति १० बजे निभाइएको थियो ।

आगलागीबाट गोरखाको प्राचीन पुङ्चे हिनाङ गुम्बामा पूर्ण क्षति

बुधबार हेलिकप्टरमार्फत हिनाङ पुगेका गण्डकी प्रदेशका सासंद नन्दप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी शंहरहरि आचार्य, एसपी केदार खनालले आगलागीले क्षति पुर्‍याएको गुम्बाको स्थलगत अध्ययन गरेका छन् ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण भने अझै आएको छैन । तर स्थानीयसँग बुझ्दा ३० करोड रुपैयाँ बराबरको क्षति भएको बुझिएको स्थलगत अध्ययनपछि फर्किएका प्रहरी प्रमुख एसपी खनालले बताए । ‘त्यहाँ भित्र के–के सामान थिए भन्ने अन्दाज गर्न सकिएन,’ उनले भने,‘तर बहुमूल्य मूर्ति, लिखतलगायतका सामान जलेर नष्ट भएका छन् ।’ विद्युत् सर्ट भएर आगलागी भएको प्रारभ्भिक अनुमान छ ।

पुराना मूर्ति, ग्रन्थलगायत महत्त्वपूर्ण वस्तु नष्ट भएको प्रदेश सासंद नन्दप्रसाद न्यौपानेले बताए । ‘पुराना धेरै मूर्ति आगलागीले नष्ट भएको छ, स्थानीयसँग बुझ्दा ३० करोडको क्षति भएको कुरा आएको छ,’ उनले भने,‘म त्यस क्षेत्रको जनप्रतिनिधि पनि भएकाले आज पुगेर स्थगल अध्ययन गरी फर्किएको छु, स्थानीयको धार्मिक आस्थासँग जोडिएको गुम्बा पुनर्निर्माणका लागि स्थानीय प्रदेश र संघ सरकारसँग पनि पहल गर्छौं ।’

उक्त गुम्बा २ सय वर्ष पुरानो रहेको स्थानीयहरूले बताए । ल्हो प्रहरी चौकी तथा ल्हो, ल्ही, र स्यो बस्तीबाट आगो निभाउन पुगेका स्थानीय अहिले हिनाङमै छन् । ल्हो प्रहरी चौकीबाट हिनाङ पुग्न पाँच घण्टा लाग्छ । गोरखा सदरमुकामबाट हिनाङ तीन दिनको पैदल यात्रापछि मात्र पुगिन्छ ।









प्रकाशित : माघ ११, २०७९ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?