कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने

शुक्रबार बिहान संसदीय दलको बैठकमा उक्त निर्णय भएको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । मगरको मनोनयनमा साेबिता गौतम प्रस्तावक रहने पनि ढकालले जानकारी दिए । यसअघि गौतमलाई नै उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो ।

को हुन् इन्दिरा राना मगर ?

विक्रम संवत २०२७ सालमा झापाको शनिश्चरेमा जन्मिएकी इन्दिरा राना मगर बन्दी सहायता नेपाल नामक संस्थाकी संस्थापक अध्यक्षसमेत हुन् । उनले उक्त संस्था सन् २००० मा स्थापना गरेकी हुन् । उनलाई बीबीसीले सन् २०१७ मा १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा समेत राखेको थियो । उनले काठमाडौंलगायत देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गरिरहेकी छिन् ।

रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाहका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । उनलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् । त्यस्तै उनी एसिया-२१ लिडर्स, अशोका फेलोबाट समेत सम्मानित भइसकेकी छिन् ।

प्रकाशित : माघ ६, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×