मन्त्रिपरिषद्को पूर्णतापछि पहिलो बैठक


काठमाडौँ — मन्त्रिपरिषद्ले पूर्णता प्राप्त गरेपछि पहिलो बैठक बुधबार सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएको थियो ।


पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ मा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । त्यसपछि सत्ता गठबन्धनभित्र भागबन्डाको छलफल सुरु भएको थियो । मन्त्रिपरिषद्मा ४ उपप्रधान, ३ राज्यमन्त्रीसहित २३ सदस्यीय रहेको छ ।
