कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए । रुपन्देहीबाट निर्वाचन लड्न चाहेका उनले राष्ट्रिय सभाबाट राजीनामा दिएपछि उक्त सिट रिक्त भएको थियो ।

मन्त्रिपरषद्को बैठकको निर्णयपछि निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एक सिटका लागि २५ माघमा निर्वाचन गर्नेछ ।

प्रकाशित : पुस २१, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?