उपत्यकाका २७ ठाउँमा बस्छन् सुकुम्बासी

काठमाडौँ — काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न २७ ठाउँमा सुकुम्बासीको बसोबास रहेको पाइएको छ । ती ठाउँमा ३४ सय ६६ परिवार अव्यवस्थित रुपमा रहँदै आएको सरकारी तथ्यांकमा उल्लेख छ ।

उपत्यकाका २७ ठाउँमा बस्छन् सुकुम्बासी

अधिकार सम्पन्‍न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरपालिकालाई बुझाएको तथ्यांक अनुसार महानगरमा मात्रै २२ सय ४५ घरधुरी अव्यवस्थित छन् । तथ्यांकमा ती धरधुरीलाई 'अव्यवस्थित बसोबास' भनेर उल्लेख गरिएको छ ।

महानगरले सोही तथ्यांक प्रयोग गर्दै आएको प्रवक्ता नवीन मानन्धरले बताए । उनले भने, ‘हामीलाई एकीकृत वाग्मती सभ्यताले अभिलेख गरेर उपलब्ध गराएको तथ्यांक नै प्रयोग गर्दै आएका छौं । महानगरले छुट्टै सुकुम्बासीको विवरणबारे तथ्यांका संकलन गरेको छैन ।’

काठमाडौं वडा नम्बर ३१ स्थित शान्तिनगरमा मात्रै ४७६ घरधुरी अव्यस्थित रुपमा बनाइएको छ । १४ नम्बरको बल्खुस्थित जागरण मार्गमा ४०१ अव्यवस्थित घरधुरी छन् । वडा नम्बर १० मा देविनगर, शान्ति–विनायक र शंकमूलमा क्रमश: ४०, ३६ र १५० गरी २ सय २६ घरधुरी अव्यवस्थित रुपमा रहेको महानगरले जनाएको छ ।

वडा नम्बर ११ को थापाथली र वंशीघाटमा रहेकाे सुकुम्बासी बस्तीमा ३ सय ६ वटा घरधुरी छन् । वडा नम्बर ४ स्थित धुम्बराहीमा ६ र बालुवाटारमा १४ घरधुरी अव्यवस्थित छन् ।

वडा नम्बर ३ मा १८९, वडा नं २९ को अनामनगरमा २३, वडा नं ३२ को जडिबुटी/मिलनचोकमा ११४, १६ को जागृति मार्गमा १२२ र बुद्धज्योतिमा ७५ वटा घरधुरी अव्यवस्थित छन् । वडा नम्बर २, २६, ९ र १५ मा २ सय ६० घर छन् ।

प्रवक्ता मानन्धरले काठमाडौंमा बसोबास गर्ने सुकुम्बासीको संख्या एकदमै कम रहेको दाबी गरेका छन् । उनले इकान्तिपुरसित भने,‘काठमाडौंमै बसोबास गर्ने सुकुम्बासीको संख्या एकदमै कम छ । अरु जिल्लमा बस्नेहरू आएकाहरूको संख्या यहाँ धेरै होला । ’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले सरकारी तथ्यांक भएकाले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकै तथ्यांक प्रयोग गरिरहेको बताए । काठमाडौं महानगरले भूमि आयोगसँग गरेको सम्झौताको बारेमा आफू त्यति धेरै अपडेट नभएको बताए ।

यस्तै, कागेश्वरी मनोहरा नागरपालिकाको वडा नम्बर ९ र ८मा ९० घर छन् । बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ र १०मा १५६ घरधुरी रहेका छन् । थापाथलीस्थित सुकुम्बासी बस्तीमा घरबाहिर थुपारिएको सरसामान । गत सोमबार काठमाडौं महानगरपालिकाको टोली डोजरसहित बस्ती पुगेपछि स्थानीयले प्रतिकार गरेका थिए । तस्बिरः कान्तिपुर ।

ललितपुर महानगरपालिकाको मिलटोल बालकुमारीमा १७ घरधुरी, भक्तपुर नगरपालिकाको मनोहरा मध्यपुर थिमि क्षेत्रमा ७७३ र गोदावरी नगरपालिका ३ स्थित गोदावरी नहरमा २१५ घरधुरी अव्यवस्थित रहेको समितिको तथ्यांकमा उल्लेख छ ।

मेयर शाहका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीय तहलाई संविधानले दिएको अधिकारभित्र रहेर खोला, नदी, नाला संरक्षण गर्ने र त्यस्ता ठाउँमा बनाइएका अनधिकृत संरचनाहरू हटाइने बताए । महानगरको नजरमा त्यस्ता संरचनाहरू अनधिकृत रहेको र क्लियर गर्ने लक्ष्य भएको उनले जनाए । उनका अनुसार महानगरभित्र करिब १२ हजारवटा अनधिकृत संरचना छन् । ‘अनधिकृत संरचनाहरू सबै हटाएर क्लियर गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

सुकुम्बासी बस्तीमा जब महानगरको डोजर पस्यो...

सुकुम्बासी बस्तीमा युद्धको झल्को

सुकुम्बासी बस्तीमा डोजर लगाएकोमा नागरिक आन्दोलनद्वारा भर्त्सना

‘सुकुम्बासीका छाप्रामाथि डोजर कुदाउने प्रयास संविधानविपरीत हो’

प्रकाशित : मंसिर १४, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?