कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

असंलग्न आन्दोलनको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — असंलग्न आन्दोलनको एक बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी मंगलबार बिहान अजरबैजानतर्फ लाग्नेछन् ।

असंलग्न आन्दोलनको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै

मन्त्री साउदले अजरबैजानमा असंलग्न आन्दोलनको समन्वय ब्युरोको बैठकमा सहभागिता जनाउनेछन् । अजरबैजानको राजधानी बाकुमा सोमबारदेखि उक्त कार्यक्रम सुरु भइसकेको छ ।

मन्त्री साउदले बुधबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । बिहीबार असंलग्न आन्दोलनअन्तर्गतको समन्वय ब्युरोको बैठक सकिनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको समयमा मन्त्री साउदले विभिन्न मुलुकका प्रतिनिधि तथा कार्यक्रममा नेतृत्व गरेर आएका टोलीका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । मन्त्री साउद शनिबार नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित : असार १८, २०८० १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?