१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुकुम्बासी बस्तीमा डोजर लगाएकोमा नागरिक आन्दोलनद्वारा भर्त्सना

काठमाडौँ — बृहत् नागरिक आन्दोलनले थापाथलीस्थित सुकुम्बासी बस्तीभित्र डोजर लगेर घर भत्काउन खोजेको घटनाप्रति विरोध जनाएको छ ।

सुकुम्बासी बस्तीमा डोजर लगाएकोमा नागरिक आन्दोलनद्वारा भर्त्सना

मंगलबार साँझ विज्ञप्ति निकालेर नागरिक आन्दोलनले काठमाडौं महानगरपालिकाको उक्त कार्यको भर्त्सनासमेत गरेको छ । त्यस्तै आन्दोलनले उक्त घटना अलोकतान्त्रिक, अमानवीय र अन्यायी कदम भएको बताएको छ ।

बस्तीका बालबालिका, अशक्त, वृद्धवृद्धा र किरिया बसिरहेका नागरिकहरुलाई समेत बेवास्ता गरी बस्ती भत्काउन खोजिएको जनाउँदै नागरिक आन्दोलनले बस्तीका नागरिकहरु राज्यविहीनताको स्थितिमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

घटनामा आफ्नो घरवासको रक्षा गर्ने क्रममा बस्तीमा मुडभेडको अवस्था सिर्जना भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,'सकुम्बासी जस्तो संवदेनशील विषयलाई हेर्ने राज्यको दृष्टिकोण अमानवीय र क्रुर देखिनु निन्दनीय छ । संवाद र सहमतिबिना बसोबासको उचित र न्यायिक व्यवस्थाप असम्भव छ भन्ने हाम्रो ठहर छ । '

प्रकाशित : मंसिर १३, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?