कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहामा निषेधाज्ञा हट्यो

भरत जर्घामगर

सिरहा — प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गरी निषेधाज्ञा हटाएको जनाएको हो ।

सिरहामा निषेधाज्ञा हट्यो

सिरहाका ६ राजनीतिक दलसहित सर्वदलीय बैठकले पक्राउ परेकाहरुलाई रिहाइ र निषेधाज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोज्न आग्रह गरेपछि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा हटाइएको र पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई रिहाइ गरिएको छ । यसअघि मंगलबार नै जिल्लामा क्रियाशिल कांग्रेस, एमाले, नेकपा एस, लोसपा, जसपा, माओवादी केन्द्रले मंगलबार संयुक्त विज्ञप्ती जारी गरी पक्राउ गरेकाहरुलाई रिहाइ, बन्द हड्ताल फिर्ता तथा प्रशासनद्वारा लगाइएको निषेधाज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोजी जनजीवन सहज बनाउन माग गरेका थिए ।


यसैगरी औरही गाउँपालिकामा गहुँ बीउ लुटेको आरोपमा पक्राउ परेका किसान मिथिलेश यादव रिहा भएका छन् । उनी जिल्ला अदालत सिरहाबाट साधारण तारेखमा रिहा भएका हुन् ।

प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेपनि जनमत पार्टीका कार्यकर्ताहरुले सिरहाको मिर्चैयास्थित कटारी चोकमा मंगलबार निषेधाज्ञा तोड्दै जुलुस प्रदर्शन गरेका थिए ।

प्रकाशित : पुस १३, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?