२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

विदेशी विश्वविद्यालयमा एमबीबीएस गरिरहेकाले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने निर्णयविरुद्ध विद्यार्थीहरु आन्दोलित

काठमाडौँ — सन् २०१५ र २०१६ ब्याचका चीनमा एमबीबीएस अध्ययरनत विद्यार्थीहरुले स्वदेशमै बसेर इन्टर्नसीप पूरा गर्नुपर्ने माग राख्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले विश्वविद्यालय फर्किन नपाएको भन्दै अघिल्लो ब्याच जस्तै स्वदेशमै बसी पढाइ पूरा गर्नुपर्ने माग राख्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरे ।

विदेशी विश्वविद्यालयमा एमबीबीएस गरिरहेकाले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने निर्णयविरुद्ध विद्यार्थीहरु आन्दोलित

एकमहिनादेखि उनीहरुले नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र माइतीघरमा प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरुका अनुसार मंसिर १७ गतेको निर्णय स्वीकार्य नभएको र यसप्रति घोर निन्दा व्यक्त गरेको जनाएका छन् ।

मंसिर १७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयमा एमबीबीएस अध्ययन गरिरहेका तर कोभिडले स्वदेश फर्किइ जान नपाएका विद्यार्थीहरुले सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भइ अध्ययन निरन्तरता दिनुपर्ने निर्णय प्रति विद्यार्थीहरु आक्रोशित हुन पुगेका हुन् ।

सरकारले विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई निरन्तरता दिनका लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कूटनीतिक पहल गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा विद्यार्थीहरुले शनिबार निर्णयसहितको कागज पनि पशुपतिनाथ मन्दिरमा जलाएका थिए ।

चीनबाट अध्ययन गरेर एमबीबीएस गरेर आएका एक विद्यार्थी भन्छिन्, ‘इन्टर्नसीपको माग सम्बोधनका लागि मिटिङ बसेका पदाधिकारीहरुले कूटनीतिक पहल गरेर चीन पठाउनुपर्छ भनेर कुरा गरे । कस्तो देखियो भने डेढ वर्ष हामीले पढ्न नमानेको र पैसा मोटो रकम प्राइभेट कलेजमा तिर्न नमानेपछि हाम्रो समय मात्र खेर फाल्नलाई निर्णय भयाे । दादागिरी देखियो । कूटनीतिक पहल कहिलेसम्म र कसरी गर्ने भनेर भनिएको छैन ।माग सम्बोधन हुँदैन भनेर आश मारिसकेका छौं । मानसिक रुपमा विचलित भइसकेका छौं । कहिलेसम्म टुंगो लगाउँछ थाहा भएन । नवनिवार्चित एनएमसीका पदाधिकारीबाट केही आशा छ ।’

यसअघि सरकारले सन् २०१४ मा चीनमा अध्ययन पूरा गरी इन्टर्नसीप बाँकी भएका नेपाली विद्यार्थीहरुलाई स्वदेशै इन्टर्नसीप गर्ने व्यवस्था मिलाएको थियो ।

यो पनि पढ्नुहोस्ः

विदेशका विश्वविद्यालयमा एमबीबीएस गरिरहेकाले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने

प्रकाशित : मंसिर २०, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?