कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई वाग्लेको सुझाव- न्यायालयप्रतिको भूमिका बिर्सिने हो भने नारायणीबाटै देवघाट जानुस्

काठमाडौँ — नागरिक अभियन्ता नारायण वाग्लेले न्यायालयप्रतिको धारणा नसच्याए पूर्वप्रधानमन्त्री एव् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई नारायण किनारबाट देवघाट जान सुझाव दिएका छन् । 

ओलीलाई वाग्लेको सुझाव- न्यायालयप्रतिको भूमिका बिर्सिने हो भने नारायणीबाटै देवघाट जानुस्

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र न्याय क्षेत्रको शुद्धीकरणका लागि भन्दै बिहीबार विभिन्न पेसागत संगठनहरुले सर्वोच्च अदालत-बालुवाटार न्यायमार्चपछि सम्बोधन गर्दै न्यायालयको समस्याप्रति जवाफदेही नहुने हो भने काठमाडौं नफर्की देवघाट जान भनेका हुन् ।

'लाखौं कार्यकर्ताका साथ अहिले नारायणी किनारमा हुनुहुन्छ । यदि न्यायापालिकाप्रति, अहिलेको भ्रष्टाचार, बिचौलिया न्यायको बारेमा । न्याय भन्ने तत्व नै नरहेको जिनिस बनाइसक्दा पनि, मुद्दाहरु सडकमा छरपस्ट भइसक्दा पनि फैसला गर्ने सबैले राजीनामा दिउन् भन्दै न्यायालयप्रति आफ्नो जवाफदेहिता, भूमिका बिर्सिएरका नेतालाई म भन्न चाहन्छु,' उनको भनाइ थियो, 'तपाईं काठमाडौं नफर्किए हुन्छ यही सोच्ने हो भने । नजिकै देवघाट छ । नारायणी किनारबाट तपाईं देवघाट जानुस् । पाँच लाख कार्यकर्ताले १/१ रुपैयाँ उठाएर पनि तपाईंलाई सुनको कमण्डलु किन्न पुग्छ ।'

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पनि चर्को आलोचना गरेका छन् । राजनीति गर्ने, देश बनाउँछु भन्नेले न्यायापालिका बनाउनु पर्छ कि पर्दैन भन्ने प्रश्न गरेका छन् ।

'हिजो क्रान्ति गरेको गफ गर्नुहुन्छ । तर आजभोलि दैनिक रुवाबासीको भाषण गर्नुहुन्छ । म उहाँलाई जिम्मेवारीबोध गर्न दबाब दिन्छु,' उनको प्रश्न थियो, 'नेपालको राजनीतिक रुपान्तरणमा हिजो जस्ताको तस्तै छोडिएको न्यायपालिका । राजनीति गर्छु देश बनाउँछु भन्ने न्यायापालिका बदल्नु पर्छ कि पर्दैन ?

सम्बन्धित समाचार

प्रकाशित : मंसिर ९, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?