कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ घाइते [भिडियाे]

कान्तिपुर संवाददाता

काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटमो सीरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेको छ । हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा १ शिक्षक र ६ जना विद्यार्थी घाइते छन् ।

मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ घाइते [भिडियाे]

बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए ।

भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार पहिरोले बस्तीमा कुनै क्षति पुर्‍याएको छैन ।

हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी भने नआएको स्थानीयहरूले बताएका छन् ।

‘त्यस क्षेत्रमा हामी दुई जनाको गोठ थियो । चौरीहरू हिमपहिरोमा परे । कति बाँचे कति मरे केही अत्तोपत्तो छैन’ थासाङ गाउँपालिका २ नाउरीकोटका चौरीपालक किसान सकेन्द्र गौचनले भने, ‘केही चौरी त पारी पाखामा देखिएका छन्। अरु चौरीबारे जानकारी आएको छैन ।’

थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्थानीय किसानहरू हिमपहिरोबाट प्रभावित हुनसक्ने बताएकी छन् । पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको उनले बताइन् ।

अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने थासाङ गाउँपालिकाकी उपाध्यक्ष शेरचनले बताइन् । यद्यपि घटनाको थप विवरण आउन बाँकी नै रहेको उनले बताइन् । घटना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको थियो ।

पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् । घट्ना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको हुनसक्ने उनले बताइन् ।

के हो हिमपहिरो ?



तस्बिर/ भिडियो सौजन्य : ईश्वर शर्मा/ देवबहादुर देउराली

प्रकाशित : कार्तिक २८, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?