१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५
विवादमा प्रधानन्यायाधीश

बारको आन्दोलन बिथोल्न सर्वोच्च अगाडि युवाहरूको प्रदर्शन

काठमाडौँ — सर्वोच्च अदालतको प्रांगणको नेपाल बारको जारी आन्दोलन बिथोल्न अदालत अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । वकिलहरुले प्रदर्शन गरिरहेको बेला सर्वोच्च अगाडि युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका हुन् ।

बारको आन्दोलन बिथोल्न सर्वोच्च अगाडि युवाहरूको प्रदर्शन

विभिन्‍न प्ले कार्डसहित आएका युवाहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो ।

मोटरसाइकल र्‍यालीसहित प्रदर्शनमा आएका ती युवाहरुले 'न्याय बेच्‍न पाइँदैन' लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

प्रहरीले उनीहरुलाई केहीबेरपछि त्यहाँबाट हटाएको थियो ।

प्रकाशित : कार्तिक २८, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?