१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

सुवास विडारी

काठमाडौँ — वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

नेकपा (एकीकृत समाजवादी) वाग्मती संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान र नेकपा (एस) कृष्णप्रसाद खनालले मन्त्री पदको शपथ लिएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।

प्रकाशित : कार्तिक ११, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?