कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अफगान नागरिक बसेको कोठामा प्रहरीको छापा

मातृका दाहाल

काठमाडौँ — सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका ७ अफगान नागरिक बसेको कोठामा प्रहरीले छापा मारेको छ ।

अफगान नागरिक बसेको कोठामा प्रहरीको छापा

कात्तिक ४ गते काठमाडौं आइपुगेका ५ र असोज २४ गते आएका दुई गरी ७ अफगानलाई पक्राउ गर्न प्रहरी खटिएको छ । त्यही क्रममा सिनामंगलस्थित एक घरमा भाडामा बसेका एकै परिवारका ५ अफगानलाई नियन्त्रणमा लिन लागिएको हो । अरु २ अफगान बानियाँटारमै बसेको सूचना प्रहरीले पाएको छ । उनीहरुलाई पनि नियन्त्रणमा लिन प्रहरी खटिएको छ । सातैजनालाई पक्राउ गरी अध्यागमन विभागलाई बुझाउने तयारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो । नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगान नागरिकलाई अस्थायी आश्रय दिएर राखे पनि त्यसको सुइँको गृह प्रशासनले समयमै पाएन । आइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले गैरकानुनी रूपमा भित्रिएका तेस्रो देशका नागरिकलाई अध्यागमन कानुन अनुसार जरिवाना लिएर डिपोर्ट गर्न सकिने बताए ।

यो पनि पढ्नुहोस् :

भित्रिन थाले अफगान ‘शरणार्थी’

प्रकाशित : कार्तिक ८, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×