कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का

देवनारायण साह

मोरङ — परराष्ट्रमन्त्री नारायण खड्काले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा उनले सबै दलको साझा सहमति हुँदा मात्रै एमसीसी संसद्‌बाट पास हुने बताएका हुन् । उनले साझा सहमतिका लागि प्रयत्‍न गरिरहेको बताए । 

अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का

केही दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताउँदै कुनै विवाद गर्न आवश्यक नरहेको बताएका थिए ।

परराष्ट्रमन्त्री खड्काले मुलुकमा 'अर्ली इलेक्सन'को कुनै सम्भावना नभएको बताए । ‘सत्तारुढ दलबीचको सहमतिमा मात्रै अर्ली इलेक्सनमा जाने र नजाने कुरो हुन्छ, ’ मन्त्री खडकाले भने, ‘अर्ली इलेक्सनको परिस्थिति अहिले निर्माण भइसकेको छैन तर राजनीति भनेको सम्भावनाको खेल भएकोले सबैको सहमति भयो चैत/वैशाखमा अर्ली इलेक्सन हुन सक्छ ।’

प्रदेश सरकारको नेतृत्वको बारेमा अझै सहमति हुन बाँकी रहेको उनले बताए । ‘संघीय सरकारको पूर्ण कार्यकाल पूरा गर्नका लागि शक्ति सन्तुलन मिलाउँदा कही लिनुपर्ने र कहीँ छोड्नु पर्ने अवस्था छ, ’ उनले भने, ‘त्यसैले सत्तारुढ दलबीच चाँडै प्याकेजमा सहमति भएपछि मात्रै कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने बारे अन्तिम टुंगो लाग्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत जानुभन्दा अघि नै सत्तारुढ दलबीच प्याकेजमा सहमति गरेर प्रदेश सरकारको नेतृत्वको अन्तिम टुंगो लगाउने मन्त्री खड्काको भनाइ थियो । उनले प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना कायमै रहेको बताए ।

मन्त्री खड्काले केही जिल्लाहरूमा अझै वडा अधिवेशन भइनसकेकोले कांग्रेसको महाधिवेशन मंसिरमा सम्भव नहुने बताए । ‘ केही जिल्लाहरूमा अहिले पनि वडा अधिवेशन हुन नसकेको र केही साथीहरू अहिले पनि अनशनमा हुनुभएकाले सबै समस्या समाधान भएपछि मात्रै महाधिवेशन हुन्छ, ’ उनले भने, ‘त्यसैले मंसिरमा महाधिवेशन हुने सम्भावना छैन । पार्टी महाधिवेशनको अर्को मिति माघको पहिलो सातासम्म पुग्ने देखिन्छ ।’

प्रकाशित : कार्तिक ६, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?