एमसीसी नेपालको हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी नेपालको हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताएका छन् । एमसीसी सम्झौता छिटो पारित गनुपर्ने र यसमा कुनै विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ । 

गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभई अनुदान भएको स्पष्ट पारेका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन अनुदान हो ।’ एमसीसीको नाममा नेपालमा रहेका केही तत्वले बखेडा गर्न खोजेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ‘एमसीसी विशुद्ध नेपालको हितमा’ भएको बताएका छन् ।

एमसीसीमा केही सुधार गर्नुपर्ने पक्ष भए पनि अमेरिका तयार रहेको पनि उनले उल्लेख गरेका छन् । ‘एमसीसीमा करेक्सन गर्न अमेरिका तयार छु भनेको छ । अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले चैतसम्ममा लक्षित जनसंख्यालाई कोरोनाविरुद्ध खोप लगाइसकिने पनि बताएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले मेची राजमार्ग अवरुद्ध

विप्लव भट्टराई

इलाम — मेची राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । इलाम नगरपालिकाको गुम्बाडाँडा, छ्यारछ्यारे, फिक्कल र छिपिटारलगायत स्थानमा पहिरो खसेको हो । राजमार्ग अवरुद्ध हुँदा झापाबाट ताप्लेजुङतर्फ आउने–जाने सवारीसाधन रोकिएका छन् । यात्रु अलपत्र छन् । 

पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको जिल्ला ट्राफिक कार्यालय इलामका दुर्गाबहादुर बस्नेतले जानकारी दिए । वर्षाका कारण आएको बाढीले देउमाई खोलाको पक्की पुल बगाएको छ ।

त्यस्तै अधिकांश ग्रामीण सडकमा क्षति पुगेको छ। गजुरमुखी, सुमवेकलगायत स्थानमा १२ वटाजति परिवार विस्थापित भएका छन् । जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×