कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा सामाजिक-आर्थिक प्रभाव : परराष्ट्रमन्त्री खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा सामाजिक-आर्थिक प्रभाव परेको बताए । न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै खड्काले नागरिकको जीवन रक्षाका लागि खोपलाई सार्वजनिक वस्तुका रूपमा घोषणा गरिनुपर्ने बताएका हुन् । 

खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा सामाजिक-आर्थिक प्रभाव : परराष्ट्रमन्त्री खड्का

संकटको समयमा आशा जगाउनु महत्त्वपूर्ण रहेको उनले बताए । 'मानव जीवन प्राथमिकतामा पर्नुपर्छ,' खड्काले भने । विभिन्न अवरोध र चुनौतीका बीच नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई खोप लगाउन सफल भएको उनले बताए । कोरोना भाइरसविरुद्धको लडाइँमा संयुक्त राष्ट्र र विभिन्न मुलुकहरूले खेलेको भूमिकाको पनि खड्काले प्रंशसा गरे ।

मन्त्री खड्काले सबै रूपमा आतंकवादको पनि आलोचना गरे । उनले सामूहिक विनाशका सबैखाले हतियार निसश्त्रीकरण गर्नुपर्ने पनि बताए । 'कसैसँग पनि शत्रुता नराखी सबैसँग मित्रताको सिद्धान्तमा नेपालको विश्वदृष्टि तयार भएको पनि खड्काको भनाइ थियो । संयुक्त राष्ट्र संघको चार्टरको सिद्धान्त र उद्धेश्य, असंलग्न नीति, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मान्यता नै नेपालको परराष्ट्र नीतिको आधार भएको उनले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १२, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×