अफगानिस्तानको पछिल्लो घटनाक्रम साझा चिन्ताको विषय : परराष्ट्रमन्त्री खड्का
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेपालले अफगानिस्तानमा पछिल्लो समय विकसित घटनाक्रम सबैको चिन्ताको विषय भएको बताएको छ । मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले अफगानिस्तानको पछिल्लो घटनाक्रम ‘साझा चिन्ताको विषय’ भएको बताएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![अफगानिस्तानको पछिल्लो घटनाक्रम साझा चिन्ताको विषय : परराष्ट्रमन्त्री खड्का](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/narayan-khadka-2892021053349-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
परराष्ट्रमन्त्री खड्काले शान्ति, सुरक्षा र स्थायित्वका लागि अफगानिस्तानका सबै पक्षलाई सहमति जुटाउन पनि आग्रह गरेका छन् । त्यस्तै उनले अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्ने पनि बताए । ‘अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्छ, उनीहरूले इज्जतका साथ जीवन बाँच्न पाउनुपर्छ,’ खड्काले सम्बोधनका क्रममा भने । त्यस्तै यूएन चार्टरमा आधारित भएर अफगानिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध बनाउनुपर्नेमा पनि परराष्ट्रमन्त्री खड्काको जोड थियो ।
त्यस्तै परराष्ट्रमन्त्री खड्काले म्यानमार प्रजातन्तत्र पुनर्बहालीका लागि सबै पक्षलाई आग्रह गरेका छन् । लिबिया, सिरिया र यमनमा देखिएका समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीले त्यहाँका सबै पक्षलाई सहमति जुटाउन आग्रह गरे ।
मध्यपूर्वमा लामो समयदेखि इजरायल र प्यालेस्टाइनबीच संघर्ष जारी छ । प्यालेस्टाइन र इजरायलबीचको समस्याको समाधान ‘दुई राष्ट्रिय अस्तित्व’ मार्फत नै हुनुपर्ने नेपालको लामो समयदेखिको मान्यता रहेको परराष्ट्रमन्त्री खड्काले बताए ।
प्रकाशित : आश्विन १२, २०७८ ०९:१६