कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंहदरबार रंग्याउन आएका बालाई रसिकको जन्मोत्सव ‘उपहार’

भक्तपुर — ‘सिंहदरबार रंग्याउन आएका ९० वर्षीय वृद्ध’ वीरबहादुर सुनुवारको अठोट र योगदान सम्झेर गायक एवं लेखक गणेश रसिकले २० हजार रुपैयाँ नगदसहित सम्मान गरेका छन् । आफ्नो ७६ औं जन्मोत्सवका अवसरमा गायक रसिकले हाल भक्तपुर, दुवाकोट बस्दै आएका सुनुवारलाई उनकै निवासमा गएर नगद, दोसल्लासहित सम्मान गरेका थिए ।

सिंहदरबार रंग्याउन आएका बालाई रसिकको जन्मोत्सव ‘उपहार’

‘कान्तिपुरको शनिबार संस्करणमा वीरबहादुरको जीवन यात्रा र उनको संघर्षबारे छापिएको समाचार पढेर म द्रवित बनें, ’रसिकले भने, ‘आफ्नो जन्मदिनको अवसर पारेर एक कर्मठ वयोवृद्ध अभियन्तालाई सम्मान गर्न पाएझैं महसुस भएको छ ।’ गायक रसिकले आफ्ना दिवंगत बाबुआमा नरोत्तम र रत्नमायााका नाममा यसैगरी समाजका कर्मठ र उर्जाशील वृद्धवृद्धालाई हरेक वर्ष सम्मान गर्ने घोषणा समेत गरेका छन् ।

पार्किङसनसहितको रोगले ग्रस्त श्रीमतीसहित वृद्ध वीरबहादुर आफ्नी छोरी मीना सुनुवारका साथमा बस्दै आएका छन् । दोलखामा कांग्रेस कोटामा जिविस सदस्य भएकै कारण वीरबहादुर माओवादी समूहको खेदाइमा परेर जिल्ला छाडेर २०४९ सालयता काठमाडौं आएका हुन् ।

प्रकाशित : आश्विन ३, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?