१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

दाहालपत्‍नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

काठमाडौँ — सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ । दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । 

दाहालपत्‍नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

विभूषण सिफारिस दलीय भागबण्डामा भएको आरोप सरकारमाथि लागिरहेको छ । सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिइएको छ । उनको नाम ३६ औं नम्बरमा छ ।

गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले पूर्वप्रधानमन्त्री पत्नी सीतालाई विभूषण सिफारिस गरिएको बताए ।

यसैबीच पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले विभूषण नलिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत दुवैजनाले विभूषण नलिने जानकारी गराएका हुन् । पत्रकार थापाले विभूषण सिफारिस गर्नुअघि आफूलाई नसोधिएको पनि उल्लेख गरेका छन् ।

गतवर्ष करिब ६ सय जनालाई विभूषण सिफारिस गरिएकोमा अहिले यो संख्या ९ सय नाघेको छ । सरकरमा भएका दलका आसेपासेलाई यसरी नै वर्षेनी ठूलो धनराशी खर्च गरेर विभूषण दिँइदै आएको छ । यसअघि विभूषण सिफारिसमा विवादास्पद मानिस पनि परेपछि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले विभूषण बहिष्कार गरेका थिए ।

प्रकाशित : आश्विन ३, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?