१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

संसारका जुन कुनामा नेपाली पुग्याछन्, त्यहाँ एमाले पुग्याछ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विश्वव्यापी रुपमा फैलिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले संसारका सबै कुनामा एमाले पुगेको बताएका हुन् ।

संसारका जुन कुनामा नेपाली पुग्याछन्, त्यहाँ एमाले पुग्याछ : ओली

ओलीले सम्बोधनका क्रममा भने, ‘संसारको जुन कुनामा नेपाली पुग्या छन्, त्यहाँ एमाले पुग्या छ । त्यसैले देशव्यापी रुपमा मात्रै होइन, विश्वव्यापी रुपमा एमाले पुग्या छ ।’ केही मान्छेले एमालेको विरोध गरे पनि केही नोक्सान नहुने उनको भनाइ थियो । ‘गाउँगाउँमा एमाले पुग्या छ, कुनाकुनामा एमाले पुग्या छ । जहाँ काम गर्ने मान्छे छन् त्यहाँ एमाले पुग्या छ । केही दर्जन मान्छेले भोपो बजाएर एमालेको विरोध गर्दैमा केही क्षति हुनेवाला छैन,’ उनले भने ।

त्यस्तै पार्टीमा समस्या खडा गर्ने व्यक्तिहरुबाट उन्मुक्ति आवश्यक रहेको पनि उनले बताए । उनले अगाडि भने, ‘१५ वर्ष पार्टी प्रमुख भएर पार्टी चलाएका माधव नेपाल प्रमुखविहीन भएदेखि नै समस्या खडा गरिरहेका छन् । मसँगै अध्यक्ष हारेको मान्छेले अध्यक्ष मागिरहेका छन् । यस्ता मान्छेबाट पार्टीले उन्मुक्ति पाउनु जरुरी थियो ।’

सम्बन्धित समाचार

माधव नेपालजस्ता आन्दोलनविरोधीहरूलाई पार्टीमा कुनै ठाउँ छैन : ओली

प्रकाशित : श्रावण १६, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?