कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीन, कतार र टर्कीमा नियमित उडान खुला

सुरज कुँवर

काठमाडौँ — चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका नियमित उडान खोल्ने निर्णय गरेको छ ।

चीन, कतार र टर्कीमा नियमित उडान खुला

बिहीबारको मन्त्रिपरिषद् बैठकले जुन १ (जेठ १८) देखी कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए । ‘भारतमा सातामा दुई वटा उडान भइरहेका छन्,’ ती मन्त्रीले भने, ‘चार्टर उडानको झमेलामा फस्नु पर्दैन । मान्छे ठगिँदैनन् पनि । नियमित उडानलाई थप व्यवस्थित गरेर खोल्ने नीतिगत निर्णय भएको छ ।’

हाल सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्‍याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो । त्यस्तै कूटनैतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एअरलाइन्सलाई चार्टर उडान अनुमति पाइरहेका छन् ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र वैशाख २३ रातिदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

मन्त्रिपरिषद् बैठकले खोपको दुवै डोज लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ । एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने छ । खोप नलगाएको तर पीसीआर नेगेटीभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने छ ।

सम्बन्धित समाचार

भारतमा सातामा २ दिनबाहेक सबै अन्तर्राष्ट्रिय व्यावसायिक उडान वैशाख २३ गते रातिदेखि बन्द

प्रकाशित : जेष्ठ १४, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?