कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षामन्त्री श्रेष्ठले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरे

सुदीप कैनी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।बिहीबार हुने राष्ट्रिय सभामा उपनिर्वाचनमा एमालेतर्फका उम्मेदवार रामबहादुर थापालाई जिताउन शिक्षामन्त्री श्रेष्ठले बुधबार साँझ अपिल जारी गरेका हुन् ।

शिक्षामन्त्री श्रेष्ठले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरे

प्रधानमन्त्री ओलीले पनि बुधबार बिहान अपिल जारी गरेका थिए । निर्वाचन आयोगले मंगलबार रातिदेखि नै मौन अवधि सुरु भएको र प्रचारप्रसार गर्न नपाइने जनाएको थियो ।

शिक्षामन्त्री श्रेष्ठ एमालेको वाग्मति प्रदेश राष्ट्रिय सभा निर्वाचन परिचालन कमिटीका संयोजक समेत हुन् । उनले जारी गरिएको अपिलमा पार्टीका उमेद्वार थापालाई मत दिई विजय गराउन आग्रह गरिएको छ । ‘पार्टीको निर्देशन र ह्रिप विपरीत कोहि पनि मदताले निर्दलीय र स्वतन्त्र उमेद्वारको पक्षमा भोट दिनुहुँदैन भन्ने विश्वास लिएको छु’, अपिलमा भनिएको छ । पार्टीको निर्देशन विपरित निर्वाचनमा घात, अन्तर्घात नगर्न पनि सचेत गराइएको छ ।

निर्वाचन आयोगले मंगलबार राति १२ बजेदेखि मौन अवधिको आचारसंहिता लागू हुने भन्दै यसअवधिमा चुनाव प्रसारप्रसार गर्न र मत माग्न नपाइने तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट पनि मत माग्न नपाइने जनाएको छ ।

आयोगले बुधबार दिउँसो समेत विज्ञप्ति प्रकाशित गरेर आचारसंहिता पालाना गर्न आग्रह गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मौन अवधिमा स्वयं उम्मेद्वारले समेत प्रचारप्रसार र आचारसंहिता विपरीतको गतिवधि गर्न नपाउने उनले प्रष्टाए ।

प्रधानमन्त्री ओलीले बिहान अपिल जारी गरेपछि दिउँसो आयोगको विज्ञप्ति आएको थियो । साँझ फेरि शिक्षामन्त्री श्रेष्ठले अर्को अपिल जारी गरेका हुन् । आयोगले मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘आचारसंहिता पालाना गर्नु सबैको कर्तव्य हो, आयोगमा उजुरी पनि आएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

प्रकाशित : जेष्ठ ५, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?