कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ'

'पार्टीको अध्यक्ष भएर ओलीले गरेका बर्बादीका लागि दुनियाँसँग माफी माग्छु'

काठमाडौँ — नेकपा एमाले नेता घनश्याम भुसालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताभोगको तृष्णाले आफू र आफ्नो बाहेक केही नदेख्ने बनाएको बताएका छन् ।

'असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ'

पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार अध्यक्ष ओलीले भुसाललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेका छन् ।

ओलीले निलम्बित गरेपछि भुसालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हुर्मत लिएको र त्यो अपूरणीय रहेको भुसालको दाबी छ । ‘उनका लागि संसारमा या त चाकर छन् या शत्रु । उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ,’ उनले लेखेका छन् ।

नेता भुसालले ओलीको व्यक्तिवादी, दक्षिणपन्थी तथा बिसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने पनि बताएका छन् ।

‘उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा बिसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ,’ भुसालले लेखेका छन्, ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

प्रकाशित : चैत्र १९, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?