कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनेरास्ववियुले निकाल्यो राँके जुलुस

काठमाडौँ — नेकपाको दाहाल-नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बुधबार साँझ काठमाडाैंकाे बागबजार र प्रदर्शनीमार्गमा राँके जुलुस निकालेकाे छ ।

अनेरास्ववियुले निकाल्यो राँके जुलुस

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विराेध गर्दै उनीहरुले जुलुस निकालेका हुन् । 'भोलि बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद' लगायतको नारासहित उनीहरुले राँके जुलुस निकालेका थिए ।

नेकपा दाहाल–नेपाल पक्षले बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेकाे पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हाे ।

प्रकाशित : माघ २१, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?