कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत मगरको हत्या आरोपमा एक पक्राउ

काठमाडौँ — राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रविण थापा मगरको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत मगरको हत्या आरोपमा एक पक्राउ

अनुसन्धानका सहायक सूचक २७ वर्षीय मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा गत माघ २ गते मृत अवस्थामा फेला परेका थिए । उनको टाउको र शरीरमा डामहरु थिए ।

बाँके प्रहरीले घटना अनुसन्धानका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियार संलग्न भएको पत्ता लगाएको थियो । घटनापछि फरार रहेका उनी त्यहाँबाट भागेर भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकेर बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, काठमाडौंबाट खटिएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको र बिहीबारै जिल्ला प्रहरी कार्यालय, बाँके पठाउने तयारी भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित : माघ १५, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?